एटीएम ह्याक काण्डमा नयाँ खुलासा - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

एटीएम ह्याक काण्डमा नयाँ खुलासा



काठमाडौं : बैंक एटीएम ह्याक काण्डमा नयाँ खुलासा भएको छ । राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले प्रहरीले दाबी गरेको रकम भन्दा बढी रकम लुटिएको फेला पारेको छ ।

समितिले चिनियाँ टोलीले १३ वटा बैंकका एटीएम बुथ प्रयोग गरेको निष्कर्ष निकालेको छ भने ती एटीएमबाट तीन करोड ५८ लाख रुपैयाँ लुटेको ठहर गरेको छ। समितिले बुधबार प्रतिवेदन बुझाउँदै यस्तो बताएको हो। तर, कसरी रकम लुटियो भन्ने बारेमा भने प्रतिवेदनमा उल्लेख भएको छैन।

समितिले बुधबार बुझाएको प्रतिवेदनमा कुन बैंककप कति रकम लुटिएको भन्ने विवरण भने बुझाएको बताइएको छ ।

गत शनिबार भएको एटीएम ह्याक काण्डले नेपाली बैंकहरूको साइबर सुरक्षाको स्थिति उदाङ्गो पारेको साइबर सुरक्षाका जानकारहरू बताउने गरेका छन् । बैंकहरुसंग भएको सर्वसाधारणको व्यक्तिगत विवरण पनि सुरक्षित नभएको विज्ञहरूको दाबी छ ।

साइबर सुरक्षा विज्ञले भने फरेन्सिक अनुसन्धानबाट ह्याकर पहिचान गर्न सकिएला भन्ने विश्वसनीय आधार भने नभएको बताएका छन् । उनीहरूले कसरी ह्याक गरे भन्ने प्रमाण भेट्टाउने विस्वसनीय आधार नै नभएको उनीहरूको दाबी छ ।