पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको निधन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको निधन



नयाँ दिल्ली। भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको निधन भएको छ । उनको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा बिहीबार दिउँसो ९४ वर्षको उमेरमा निधन भएको हो ।

पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको अवस्था बुधबार रातिदेखि नाजुक बन्दै गएपछि भ्यान्टिलेटरमा राखिएको थियो । वाजपेयी गएको ९ सातादेखि एम्स अस्पतालमा उपचाररत थिए । वाजपेयीलाई गएको जूनमा मृगौलामा संक्रमण र स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

भारतीय जनता पार्टी (बीजेपी) का संस्थापक नेतासमेत रहेका वाजेपेयी तीन पटक भारतको प्रधानमन्त्री भएका थिए । उनलाई भेट्न प्रधानमन्त्री नेरेन्द्र मोदी दुईपटक एम्स अस्पतालमा पुगेका थिए ।

वाजपेयीलाई भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ ले सम्मानित गरिएको थियो ।

वाजपेयी ९ पटक लोकसभाका सांसदमा निर्वाचन भएका थिए । उनी दोस्रो लोकसभादेखि तेह्रौं लोकसभासम्म सांसद रहे । उनी सन १९८४ मा ग्वालियरमा कांग्रेसमा माधवराव सिंधियासँग पराजित हुँदा लोकसभामा अनुपस्थित रहे । भने दुई पटक राज्यसभामा पनि सांसद रहे ।

१६ मे १९९६ मा वाजपेयी पहिलो पटक प्रधानमन्त्री बनेका थिए । तर लोकसभामा अल्पमतमा परेपछि १४ दिनमा राजीनामा दिएका थिए । अन्तिम पटक वाजपेयी सन ११९९ देखि २००४ सम्म पूरा कार्यकाल भारतको प्रधानमन्त्री बने ।

अविवाहित वाजपेयी भाषण र सादगी जीवनका लागि प्रख्यात छन् ।