अस्थायी राजधानी तोक्न पर्दैन भन्नु असंवैधानिक:श्रेष्ठ - Himal Post Himal Post
  • ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
Logo

अस्थायी राजधानी तोक्न पर्दैन भन्नु असंवैधानिक:श्रेष्ठ



काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रदेशको अस्थायी राजधानी तोक्ने काम सरकारकै भएको बताएका छन् ।

नेता श्रेष्ठले सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रदेशको अस्थायी राजधानी तोक्ने काम वर्तमान सरकारकै भएको बताएका हुन् । उनले भनेका छन्, ”प्रदेशको राजधानी प्रदेशसभाले नै निर्णय नगर्दासम्मको लागि अस्थायी केन्द्र तोक्नु अनिवार्य छ र त्यो जिम्मेवारी सरकारको हो ।”

उनले सरकारले अस्थायी केन्द्र तोक्न प्रर्दैन भन्नु असंवैधानिक, सङ्घीयता विरोधी एवं अलोकतान्त्रिक तथा गैरजिम्मेवार काम भएको पनि बताएका छन् । ”अस्थायी केन्द्र तोक्न पर्दैन वा प्रदेश बाहिर भए पनि हुन्छ भन्नु असंवैधानिक, सङ्घीयता विरोधी एवं अलोकतान्त्रिक गैर जिम्मेवार कार्य हो, ”श्रेष्ठले अगाडि भनेका छन् ।