अष्टलक्ष्मी शाक्यलाई हराउन राष्ट्रपतिनै लागेको खुलासा !
काठमाडौं ।
प्रदेश ३ को चुनावमा आफू निकट डोरमणि पौडेललाई चुनाव जिताउन राष्ट्रपति विद्यादेवी भण्डारी आफैं लागेपछि उनी एमालेभित्रै विवादित बनेकी छिन् ।
राष्ट्रपति बन्नुअघि भण्डारी र अष्टलक्ष्मी शाक्य एक अर्काका प्रतिष्पर्धी थिए । आफू राष्ट्रपति बनिसकेपछि पनि उनले शाक्यलाई बदलास्वरुप प्रदेश प्रमुख हुन दिइनन् ।
प्रदेश ३ चुनावमा राष्ट्रपतिको विशेष पहलमा सबै ३४ जना संसदलाई बेलुका अबेरसम्म होटलमा राखेर केपी ओलीले प्रशिक्षण दिएका थिए ।
ओली आफैंले शाक्यलाई बोलाएर चुनावी स्थिति कस्तो छ भनी बुझेका थिए । शाक्यले अध्यक्षको भूमिका तटस्थ भएमा चुनाव जित्ने आशय व्यक्त गरेकी थिइन् ।
ओली र शाक्यबीच भेट भएको थाहा पाए लगत्तै ओली खेमाले शीतलनिवासलाई गुहारेका थिए ।
शीतलनिवासमा भण्डारीले शाक्यलाई कुनै पनि हालतमा मुख्यमन्त्री मान्न नसकिने भनेर ओलीलाई उठबस् गर्न नदिएपछि बाध्य भएर ओली आफैंले भेला बोलाएका थिए ।
जसको सबै संयोजन भित्री रुपमा शीतलनिवासले मिलाएको थियो ।
प्रदेश नम्बर ३ को चुनावमा विध्यादेवी भण्डारी आफैं लागेर अष्टलक्ष्मी शाक्यलाई हराएपछि उनलाई पनि ओलीको किचेन क्याविनेटकै रुपमा अथ्र्याइएको छ ।
प्रदेश ३ को चुनावमा आफू पक्षधर डोरमणि पौडेललाई जिताउन उनले राष्ट्रपति कार्यालयको श्रोत समेत उपयोग गरेको माधव नेपाल समूहको आरोप छ ।
माधव नेपाल समूह आफूले अघि सारेको उम्मेदवार पराजित भएपछि आफू निकटका सांसद्हरुको विशेष भेला गरेको थियो ।
भेलामा शाक्यलाई हराउन राष्ट्रपति भण्डारी समेतको संलग्नताबारे समेत छलफल भएको छ । एक नेताले भने “एमालेभित्र फरक मत राख्नेलाई त खेदो खन्ने ओली समूहले माओवादी मिसिएपछि उनीहरुलाई कस्तो व्यवहार गर्ने हुन् ।” ओली र वर्तमान राष्ट्रपति भण्डारी माओवादीका कट्टर आलोचक हुन् ।
माधव नेपाल समूहको भेलाका सहभागीहरुबीच शाक्यलाई हराउन बाहिरी सतहमा पार्टी अध्यक्ष केपी ओली देखिएको बताएका थिए ।