एसिया प्यासिफिक समिटबारे नेकपा भित्रै असन्तुष्टि - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

एसिया प्यासिफिक समिटबारे नेकपा भित्रै असन्तुष्टि



काठमाडौं । क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फाउन्डेसनले गरेको एसिया प्यासिफिक समिटबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै असन्तुष्टि देखिएको छ । विवादिन धार्मिक संस्थाको कार्यक्रममा सरकार नै सहभागी भएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।

‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन,’ नेता भीम रावलले ट्विट गरेका छन् ।

‘विगत केही दिनमा नेताहरुको सांस्कृति अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो, त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नु पर्नेछ,’ नेता घनश्याम भूषालले ट्विटमा लेखेका छन् ।

कान्तिपुरले मकवानपुरको मन्थलीमा अर्को गढी भेटिएको समाचार पनि छापेको छ । अवकाश हुन एक महिना मात्र बाँकी रहँदा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले केही आर्थिक र व्यापारिक मुद्दालाई छिटो पेसीमा पारेका छन् । एनसेललगायतका केही आर्थिक मुद्दा पेसीमा पारिएको हो ।

कान्तिपुरले अख्तियारद्वारा गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल एकलाख रुपैयाँ घुससहित पक्राउ परेको, कर्मचारी सरुवामा सरकार रुमलिँदा प्रदेश नम्बर २ का सरकारी कार्यालय कामविहीन भएको, बाग्लुङका महिला निर्मला पन्तका मुद्दामा न्याय माग्दै सडकमै सुतेको, नेपाली कांग्रेसले सरकारको आलोचना गर्दै ‘चौतारीमा राजा भेटिएको’ कटाक्ष गरेको, कर्मचारीले विदेश भ्रमण नजान सरकारको निर्देशन अवज्ञा गरेको र बंगलादेश नेपाली बिजुलीको बजार बन्नसक्ने समाचार पनि छापेको छ ।