क्रिष्चियन धर्म प्रचारकै लागि गरिएको थियो एसिया प्यासिफिक सम्मेलन यसरी खुल्यो रहस्य ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

क्रिष्चियन धर्म प्रचारकै लागि गरिएको थियो एसिया प्यासिफिक सम्मेलन यसरी खुल्यो रहस्य !



काठमाण्डौ । जतीसुकै धर्म प्रचारको लागी आयोजना गरेको होइन भनेर आयोजकले भनेतापनि काठमाण्डौमा सकिएको एसिया प्यासिफिक सम्मेलन अन्तत क्रिचियन धर्म प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको पुष्टि भएको छ ।

कार्यक्रममा उपस्थीत कोरियाली धर्मगुरुको अभिव्यक्ति तथा कार्यक्रम भित्र अपनाईएको धार्मिक विधी तथा पद्धतिले धर्म प्रचार गरिएको पुष्टि भएको हो ।

एसिया प्यासिफिक सम्मेलन भनेर नाम दिईएको क्रिचियन धर्म प्रचारक कार्यक्रममा आफूलाई जिसस क्राईष्टकीे एक्ली छोरी भनेर चिनाउने हाक जा हान मुनले सयौँ जोडिहरुलाई ब्लेसिङ भन्दै होली वाइन पिलाइन् । आफूलाई यस लोकको सच्चा माता भनेर चिनाउने कोरियाली धर्मगुरु, हानले युनिभर्सल चर्चको आयोजनामा भएको एसिया प्यासिफिक सम्मेलनको दोस्रो दिन सम्मेलनमा उपस्थीत सम्पूर्ण जोडिहरुलाई रक्तशुद्धि भन्दै होलि बाईन पिलाएकी हुन ।

होली वाइन को अर्थ पवित्र रक्सी हुन्छ । सम्मेलनमा होली वाटर भनिएतापनि सो पेय पदार्थ रक्सी भएको बुझिएको छ । पहेलो रङको सो होली बाईनलाई त्यहाँ उपस्थीत कोरियाली स्वयंसेवकहरुले प्लास्टिकको सानो आकारको गिलासमा राखेर बाँडेका थिए । यसका साथै उपस्थीतहरुलाई हानले होली वाइन सेचन पनि गरेकीे थिइन ।

मुन वशंमा समाहित उक्त जोडिहरुलाई हानले आफनो पति म्योङ मुनलाई स्मरण गर्न लागाएकीे थिइन । ब्लेसिङस लिनको लागि प्रधानमन्त्री केपी ओली लगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहने भनिएता पनि उक्त उपस्थितीलाई लिएर तिव्र विरोध भएपछि विशिष्ठ व्यक्तिहरु कसैलाई पनि ब्लेसिङस कार्यक्रममा देखिएन ।

प्रधानमन्त्री ओली आयोजकले प्रदान गरेको अवार्ड ग्रहण गर्न भने पुगेका थिए । धर्म प्रचारका लागि गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई गुड गर्भनेन्स अवार्ड सहित १ लाख डलरद्धारा सच्चा माताले सम्मान गरेकी थिइन ।