‘एशिया प्यासिफिक समिट'ले विश्वभरि नै सकारात्मक सन्देश गएको ओलीको निचोड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

‘एशिया प्यासिफिक समिट’ले विश्वभरि नै सकारात्मक सन्देश गएको ओलीको निचोड



काठमाडौं । हालै काठमाडौंमा सम्पन्न भएको ‘एशिया प्यासिफिक समिट–२०१८’ को बारेमा कतै विरोध त कतै वाहवाही भैरहेको छ । तर, स्वयम् सरकारले पनि समिटको बारेमा मिहिन समिक्षा गरेको पाईएको छ ।

स्रोतका अनुसार अब बस्ने पार्टीको स्थायी समिति बैठकको बारेमा तयारी गर्न बालुवाटारमा आज बसेको आफू निकट नेताहरुसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले समिटले विश्वभरि नै सकारात्मक सन्देश गएको निचोड निकालेका छन् ।

समिटको विरोध गर्नेहरुलाई नै आफूहरुले शान्तिको सन्देश विश्वभरि फैलाएको भन्दै गतिलो झापड हानिएको आयोजक संस्थाको दाबी आएको बेला प्रधानमन्त्रीले पनि समिटले नेपालको गरिमा बढाएको निश्कर्ष निकालेका छन् ।

सुरुवातमा एशिया प्यासिफिक समिटको बारेमा व्यापक विरोध भएपनि विस्तारै यो त राम्रो रहेछ भन्ने भान अहिले जनमानसमा पर्न थालेको आयोजकको बुझाई छ ।

यस्तो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना गरेर पूर्वमन्त्री एकनाथ ढकालले सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र नेकपाकै बरिष्ठ नेता माधव कुमार नेपालबाट प्रशंसासमेत पाएका छन् ।

कतिपय शीर्ष नेताहरुले पनि ढकालबारे नेपालमा यस्तो किसिमको समिट गरियो, जसले नेपालको गरिमा अन्तर्राष्ट्रिय रुपमा चुलिएको भन्दै प्रशंसा गरिरहेका छन् । सरकारले यो समिट आयोजना गरेर नेपालमा पर्यटकको संख्या बढाउनपनि ठूलो टेवा पुगेको विश्वास लिएको छ । नेपालले आगामी सन् २०२० मा भिजिट नेपाल मनाउँदैछ । यो समिटले पर्यटक बढाउनेमा सरकार आशावादी रहेको छ ।

समिटले मुलुकको आर्थिक चलायमान बनाएको छ । कतिपयले यसलाई धार्मिक सम्मेलन भनेर विरोध जनाएपनि बास्तविकमा यो त्यस्तो होईन् । सरकारले समिटको पक्षमा डटेर सामाना गर्ने बताईसकेको छ । आयोजक संस्थाका नेपाल च्याप्टरका प्रमुख एकनाथ ढकालले यो सम्मेलनले विश्वमा शान्तिको सन्देश फैलाएको दाबी गरे ।