जिवराज आश्रितकी श्रीमतीद्वारा दासढुंगा घटनाको पुनः छानबिन गर्न माग - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

जिवराज आश्रितकी श्रीमतीद्वारा दासढुंगा घटनाको पुनः छानबिन गर्न माग



काठमाडौं– प्रतिनिधि सभाकी सांसद् माया ज्ञवालीले दासढुंगा घटनाको पुनः छानबिनका लागि माग गरेकी छिन्। नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन प्रतिनिधि सभाको रोस्ट्रममा पुगेकी उनले २९ वर्षअगाडिको सो घटनाको छानबिनको माग गरेकी हुन्।

ज्ञवाली दासढुंगा घटनामा निधन भएका जिवराज आश्रितकी श्रीमती हुन्। उनी समानुपातिक तर्फबाट सांसद् भएकी हुन्। सोही घटनामा मदन भण्डारीको पनि निधन भएको थियो। भण्डारी पत्नी विद्या भण्डारी भने अहिले राष्ट्रपति छिन्।

‘म कुनै निर्देशन दिने ठाउँमा त छैन। तर, पनि पार्टी र जनताको लागि मुक्तिको निम्ति लाग्दा–लाग्दै, संघर्ष गर्दागर्दै बलिदानीपूर्ण हत्या गरिएको परिवारको सदस्य हुँ कि होइन? सबै साथी हुनुहुन्छ। म त्यो दासढुंगा हत्याकाण्डको न्यायिक छानबिनको निम्ति पुनः आग्रह गर्दछु। यो सभाहलले अनुमति दिन्छ कि दिँदैन? यदि दिन्छ भने स्वतन्त्र न्यायिक आयोग गठन गरियोस्’, उनले भनिन्।

ज्ञवालीले आफूलाई उहाँको (आश्रितको) धर्मपत्नी भएर रोस्ट्रममा उभिँदा लाज लागेको बताइन्। ‘हो कसैको निम्ति त पद खालि भयो होला। तर, हाम्रा निम्ति त परिवार सधैं रित्तै छ। पार्टी एउटा टुहुरो भएको थियो। मेरा छोराछोरी टुहुरा भए कि भएनन्,? उनले भनिन्।

आफ्नो सम्बोधनमा ज्ञवालीले दलहरुबीच मेलमिलाप हुनुपर्ने सन्दर्भलाई पटकपटक उठाएकी थिइन्।