पहिलो गीतबाटै उत्कृष्ठ गायन अवार्ड पाए दर्जीले - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

पहिलो गीतबाटै उत्कृष्ठ गायन अवार्ड पाए दर्जीले



काठमाडौं – पछिल्लो समयका चर्चित र दर्शकको मन जित्न सफल बाल गायक असोक दर्जीले उत्कृष्ठ गायनको अवार्ड हात पर्न सफल भएका छन् । दर्शकको मनमा गहिरो छाप छोडेका दर्जिले पहिलो अवार्ड हात पार्न सफल भएका हुन् ।

पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत गाए पश्चात उनी देश तथा विदेशमा प्रख्यात भएका थिए ।

सोही गीतका कारण दर्जिले आईतवार राजाधानिमा आयोजित एक सांगीतिक कार्यक्रममा हिलो गीतबाट नै राम्रो सफलता हात पारेका छन् । उनी भन्छन्, ‘पहिलो गीत बाट नै यती ठुलो अवार्ड पाए निकै खुशी छु । उनी केहि समय अगाडी मात्र बाहिरी देशहरुमा सांगीतिक प्रस्तुति सकेर नेपाल फर्कीएका थिए ।