असार १५ सम्म पनि बर्दगोरियामा २५ प्रतिशत रोपाई सकिएन - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

असार १५ सम्म पनि बर्दगोरियामा २५ प्रतिशत रोपाई सकिएन



पदम ओझा / कैलाली ।
असार १५ लागी सक्दा अझै बर्दगोरिया गाउपालिका लगाएत कैलालीका किसानहरूका खेत बाझै देखिन थालेका छन । पहिले पहिले जेष्ठ महिनामै धेरै किसानहरुले रोपाई गरिसकेका हुन्थ्ये । यस बर्ष पानी नपरेका कारण किसानहरु मर्कामा परेका छन । गर्मी अत्यधिक बढिरहेका बेला आकासे पानीका भरमा रोपाई गर्ने किसानहरु पानी नपर्दा समस्यामा परेका हुन ।पा

हामी सङ कुरा गर्दै बर्दगोरिया गाउपालिका कृषि शाखाका सुरेश ढुंगानाले गत बर्षको तुलना मा यस बर्ष पानी नपरेका कारण अहिले सम्म २५ प्रतिशत मात्र रोपाई भएको बताए । उनका अनुसार आकासे पानी नपरेर समस्या भई रहेका बेला बोरिङ र मोटरमा समेत पानी नआउनाले किसान झन समस्यामा परेको बताए । पानीको सतह सुकेका कारण मोटर ,बोरिङ र नल्कामा समेत पानी आउन छोडेको ढुंगानाले बताए ।

यसै गरि हामीले बर्दगोरिया गाउपलिका वडा न २ का अध्यक्ष तथा किसान भेखु चौधरिलाई सोद्धा उहाले पनि अझै सम्म आफ्नो खेत रोप्न नसकेको बताए । सिचाइको सुबिधा छैन,आकासे पानीको भर पर्दा पानी नआएका कारण अहिले सम्म खेत रोप्न नसकेको गुनासो व्यक्त गरे । यस्तै हामी सङ कुरा गर्दै अर्का किसान भोले चौधरिले भने असार १५ लाई रोपाई दिवस भनेर मनाउन समेत समस्या भएको बताए । उनले पनि अझै आफ्नो खेत नरोपेको बताए । पानी परेको छैन कसरी रोप्ने प्रत्यक किसानको समस्या रहेको चौधरिले गुनासो गरे ।

एकदुई दिन अगाडी थोरै मत्रामा पानी परेर किसानलाइ राहत मिले पनि अझै धेरै सम्स्या रहेको छ । सिचाइ सुबिधा समेत नभएको बर्दगोरिया गाउपालिकाका अधिकास किसानहरु आकास हेर्दै दिन कटाउन बाध्य भएका छन । अत्याधिक गर्मिका कारण बिरामिको संख्यामा पनि वृद्धि हुन थालेको छ । पानी न आएर समस्या भई रहेका बेला किसानले अर्को समस्या सङ जुध्नु परेको छ । छाडा पशु चौपायाका कारण किसानले दोहोरो समस्या झेल्नु परेको हो । छाडा चौपाय राती आएर बिया खाईदिने भएकाले किसानलाई दोहोरो समस्या परेको हो ।