बंगलादेशी ब्याट्सम्यान अशरफुललाई कडा झट्का - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बंगलादेशी ब्याट्सम्यान अशरफुललाई कडा झट्का



म्याचफिक्सिङको ५ वर्षे प्रतिबन्धपछि राष्ट्रिय टिममा फर्कने तयारी गरेका बंगलादेशका ब्याट्सम्यान मोहम्मद अशरफुललाई कडा झड्का लागेको छ ।

क्रिकबजको रिपोर्ट अनुसार बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)को राष्ट्रिय चयनकर्ता प्रमुख मिन्हाजुल अबेदिनले उनलाई टिममा स्थान नभएको बताएका छन् ।

उनको यो भनाईसँगै राष्ट्रिय टिममा सहभागिता जनाउने सम्भावना कम देखिएको छ । ३४ वर्षीय अशरफुल २०१३ को बंगलादेश प्रिमियर लिग (बीपीएल)मा म्याच फिक्सिङ गरेको अभियोगमा पाँच वर्षलाई अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लागेको थियो ।

अशरफुलको पाँच वर्षको प्रतिबन्ध १३ अगस्टमा पूरा भएको थियो । केही दिन पहिला उनले चाँडै राष्ट्रिय टिममा फर्कने बताएका थिए ।

प्रमुख छनौटकर्ता अबेदिनले भने ‘अहिले बंगलादेशको टिम अशरफुलको आवश्यकता छैन, बंगलादेशको टिमले राम्रो प्रदर्शन गरिरहेको छ र यहाँको ए टिममा पनि त्यत्तिकै राम्रा खेलाडी छन् ।’