कहाँ भागे अफगान राष्ट्रपति असरफ धानी ?
काठमाडौं- अफगानिस्तान अहिले पूर्ण रुपमा तालिबानको कब्जामा आइसकेको छ। त्यहाँका राष्ट्रपति अशरफ घानीले देश छोडेको र उपराष्ट्रपति अमीरुल्लाह सालेहले पनि काबुल छाडेको बीबीसी जनाएको छ। प्रारम्भिक रिपोर्टका अनुसार राष्ट्रपति अशरफ गनी ताजिकिस्तान भागेका छन्।
अलजजीराको रिपोर्ट अनुसार घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानि ताशकंद गएका छन्। अलजजीराले राष्ट्रपतिका बडिगार्डलाई उद्द्त गर्दै उज्बेकिस्तान गएको भएपनि सरकारले आधिकारीक रुपमा यसको पुष्टि भने गरेको छैन।
यसै, क्रममा राष्ट्रपति घानीले राजधानि छोड्नु कठिन निणर्य भएको बताएका छन्। सामाजिक संजालमार्फत आफ्ना नागरिकलाई सम्बोधन गर्दै उनले भने, ‘आज मैले एक कठिन निणर्य लिनु थियो। सशस्त्र तालिबान जो महल (राष्ट्रपति भवन) मा आउन चहान्थे।
उसका अगाडी उभिने वा आफ्नो प्यारो मुलुक जसको विगत २० वर्षदेखी सुरक्षाका लागि जिन्दगी सुम्पे त्यो छोड्ने।’ उनले भने ‘यदि यो समय असंख्य मानिस मर्थे र मैले काबुल नष्ट भएको देख्नुपथ्र्यो, ६० लाख जनसंख्या रहेको यो सहरले ठूलो मात्रामा मानविय क्षति व्यहोर्नु पथ्र्यो।’
को हुन् असरफ घानी ?
असरफ घानी अफगानिस्तानमा दुई पटक राष्ट्रपति बने । उनी पहिलो पटक सन् २०१४ र दोस्रो पटक सन् २०१९ मा राष्ट्रपति चुनिएका थिए ।
उनी एक पूर्वप्राविधिक शास्त्री हुन् । उनलाई देशको चर्चित शिक्षाविदको रुपमा पनि चिनिन्थ्यो । उनले आफ्नो करिअरको अधिकांश समय अफगानिस्तान बाहिर नै बिताएका छन् । तर उनी कयौं वर्षको युद्धपछि अफगानिस्तानको पुनर्निर्माणका लागि फर्किएका थिए ।
जब उनले राष्ट्रपति पद सम्हाले, त्यतिबेला उनले एक इमान्दार व्यक्तित्वको पहिचान बनाए । यद्यपि उनलाई छिट्टै आवेशमा आउने व्यक्तिको रुपमा पनि चिनिन्छ ।
देशको बहुसंख्यक पुश्तन समुदायका घानीले सन् २०१४ मा यस्तो बेलामा राष्ट्रपति पद सम्हाले, जतिबेला अधिकांश विदेशी सैनिकले अफगानिस्तान छोडिरहेका थिए ।
उनले देशबाट विदेशी सेना फिर्ता हुने र तालिबानसँग लगातार झगडालु शान्ति वार्तामा नजर राखिरहे । तर तालिबानले उनी नेतृत्वको सरकारलाई सधैं अमेरिकाको कठपुतलीको रुपमा प्रचार गरिरह्यो ।