असहज छ शीर्ष नेताको चुनाव, कस्तो छ प्रदेश ४ को अवस्था ?
काठमाडौं-
प्रधानमन्त्री बनिसकेका, पटकपटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरेका, बारम्बार मन्त्री भएका, युवा नेतादेखि डन को समेत पहिचना बनाएका उम्मेदवार प्रदेश न. ४ का जिल्लाम चुनावी मैदानमा छन् ।
उनै चर्चित उम्मेदवारका कारण यी जिल्लाको निर्वाचन परिणामप्रति धेरैको चासो छ ।
लोकतान्त्रिक र वाम गठबन्धनबाट उम्मेदवार बनेका हेभीवेट नेताको आरजितको आलन अहिले धेरैतिर चलिरहेको छ ।
माओवादी छाडेर नयाँ शक्तिको संयोजनगरेका डा. बाबुराम भट्राई र अर्का नेता नारायणकाजी श्रेष्ठका कारण गोरखा सबैभन्दा बढी चर्चामा छ ।
दुवै नेता चर्चित भएका कारण उनीहरुमध्ये कसले जित्ने भन्ने अनुमान गर्न सहज छैन ।
त्यस्तै तनहुँ कांग्रृसका वरिष्ठ नेता रामचन्द्र पौडेलका कारण चर्चामा छ ।
पटकपटक प्रधानमन्त्रीको दाबेदार बनिसकेका पौडेलका लागि पाटृिको आन्तरिक गुटबन्दीले अप्ठ्यारो पारिदिएको छ ।
युवा नतो रवीन्द्र अधिकारीका कारण कास्कीले थोरै भए पनि चर्चा बटुलेको छ ।,यो खबर आजकोनागरिकमा छ ।