आफ्नै गृहजिल्लामा पद्मा अर्यालको बिजोग - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

आफ्नै गृहजिल्लामा पद्मा अर्यालको बिजोग



स्याङ्जा- कृषि मन्त्री पद्मा अर्याललाई आफ्नै गृहजिल्ला स्याङ्जामा स्थानीयले खेदेका छन् । स्थानीयले लखेटेपछि मन्त्री अर्याल खोलाको किनारै किनार भागेको दृश्य भिडियोमा देख्न सकिन्छ ।

मन्त्री अर्याललाई गृह जिल्लामै युवाहरूले कालो झण्डा पनि देखाएका छन् । उनलाई कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् ।

ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न स्याङ्जा पुगेकी अर्याललाई नेपाल तरुण दल तथा नेपाल विद्यार्थी संघले कालोझण्डा देखाउँदै विरोध जनाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले तय गरेको केन्द्रीय विरोधको कार्यक्रम अन्तरगत स्याङ्जाको वालिङमा प्रदेश स्तरीय विरोध कार्यक्रमकै क्रममा मन्त्रीलाई कालो झण्डा देखाइएको बताइएको छ ।

कालो झण्डा देखाउने तरुण दल तथा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो ।