सर्वोच्च बारले जबरालाई भन्यो: संवैधानिक इजलास पुनर्गठन गर्नुस - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सर्वोच्च बारले जबरालाई भन्यो: संवैधानिक इजलास पुनर्गठन गर्नुस



काठमाडौं – प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि तिब्र दवाव थपिएको छ । सार्वजनिक रूपमा प्रश्न उठेको भन्दै इजलासमा भएका केहि न्यायाधीशहरू बस्न नमिल्ने बताइएको छ ।

यस्तैमा संवैधानिक इजलासका न्यायाधीशमाथि प्रश्न उठेपछि सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेटेका छन्।

एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरेसहितको टोलीले प्रधानन्यायाधीशलाई भेटेको हो। भेटमा एसोसिएसनले संवैधानिक इजलाश पुनर्गठन को माग गरेको छ।

प्रधानन्यायाधीश जबरा र एसोसियसनका पदाधिकारीबीचको बैठक जारी छ।