अरुणेश्वर खनाल नेपाल जेसिजको अध्यक्षमा निर्वाचित - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

अरुणेश्वर खनाल नेपाल जेसिजको अध्यक्षमा निर्वाचित



काठमाडौं- अरुणेश्वर खनाल नेपाल जेसिजको नयाँ अध्यक्षमा विजयी भएका छन् । नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२१ को नेतृत्वको लागि अध्यक्ष पदमा खनाल विजयी भएका हुन् ।

बुधवारदेखि रूपन्देहीको भलवारी जेसिजको आतिथ्यतामा सुरू भएको राष्ट्रिय महाधिवेशनबाट १ हजार ९० मतसहित खनाल विजयी भएका हुन् । भलबारी (रुपन्देही) महाधिवेशनमा चितवनको बिसहजार जेसिजका खनालले आधाभन्दा बढी मतान्तरले जित हासिल गरे।

बिसहजार जेसिज चितवनका तर्फबाट दोस्रोपटक अध्यक्षको मैदानमा गएका खनालले यसअघि नेपाल जेसिजमा कार्यकारी उपाध्यक्ष, महासचिवलगायतका पदमा काम गरिसकेका छन्।

नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा १ हजार ३ मतसहित सुमन कृष्ण श्रेष्ठ क्रमशः अरूण कुमार दाहाल ९ सय ९९, भोजराज चापागाईं ९ सय ४८, शिव प्रसाद भुसाल ६ सय ७८ मतसहित विजयी भए।

राष्ट्रिय उपाध्यक्ष पदका लागि मनोहरा जेसिज रजनी थापा १ हजार २ सय ३६, कल्पना पाण्डे कुसुम १ हजार ३०, तरहरा जेसिजका सुनिल तिमल्सिना ८ सय १८, सैनामैना जेसिजका बिमल ज्ञवाली ७ सय ६७, दुहबी जेसिज बिमला सुवेदी कार्की ७ सय ६४, शारदा नगर जेसिजकी प्रमिशा काफ्ले ७ सय २०, म्याग्दी जेसिजका सुजन बरूवाल ७ सय १८ रजहर जेसिजका राजन गौतम ७ सय १, लमजुङ जेसिजकी पायल शर्मा ६ सय ७३, धरान जेसिजका दिपेन्द्र निरौला ६ सय १२, नारायणगढ जेसिजका अनोज जोशी ६ सय २, जनकपुर जेसिजका गौतम शाह ५ सय ९० मतसहित विजयी भएका छन्।

बुधबार देखि रूपन्देहीमा सुरू भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ४८ जनाले उम्मेदवारी दिएका थिए।