'प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ देवकोटा र बराललाई - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

‘प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ देवकोटा र बराललाई



काठमाडौं: यस बर्षको ‘प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गरिने भएको छ।

पाँच लाख रुपैयाँको उक्त पुरस्कार जनही दुई लाख पचास हजार रुपैयाँका दरले प्रदान गरिने बैंकले जनाएको छ।पत्रकार देवकोटा नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक हुन भने पत्रकार बराल अनलाइन खबर डटकमका सम्पादक हुन्।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल रहेको पुरस्कार छनौट समितिले उक्त पुरस्कार मंसिर २४ गते प्रदान गर्ने बैंकको भनाइ छ।