देउवा जी ! रेशम चौधरीलाई त करोडौ दियौ , अब मधेसलाई पनि बिहारको जिम्मा लगाईदेउन त !
दीपक घिमिरे
विभिन्न लाल्छना र टीका टिप्पणी सँगै सत्ता सम्हालेका शेरबहादुर देउवाले सुरुवाती दिनमै चर्चा कमाउन सफल रहे । चर्चा उसैको हुन्छ जसले अलिकति बेग्लै काम गर्छ । बेग्लैमा पनि चर्चा त हुन्छ नै तर चर्चा कि नकारात्मक हुन्छ कि सकारात्मक । शेरबहदुर देउवा त्यस्ता राजनीतिक खेलाडी हुन जसको अहिले सम्म सकारात्मक चर्चा हुन सकेको छैन ।
शाही शासनकालमा असक्षम भनेर गल-हत्याईएका वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले शासन सत्ताको बागडोर सम्हाल्ने बित्तिकै चर्चा कमायका दुई वटा विषयको आज यहाँ चर्चा गरिने छ । जसमध्य मधेस बाहुल्य दुई नम्बर प्रदेशमा चुनाव सारिनु एउटा हो भने अर्को टिकापुर घटनामा सामेलहरुलाई निर्दोष साबित गर्दै उन्मुक्ती दिईनु । उन्मुक्ती मात्र भन्न मिल्दैन , करोडौ नेपाली जनताले हत्यारा भनेर चिनेका रेसम चौधरी लगायतको टिमलाई दिन राज्यकोषबाट करोडौ रकम निकासा हुनु अति लज्जित काम हो ।
शाही शासनकालमा असक्षम भनेर चिनियका अनि तत्कालीन राजा स्वयम्ले असक्षम भनेर निकालेका शेरबहादुरले सत्ता सम्हालेको एक साता नबित्दै दुई नम्बर प्रदेशमा चुनाव सारेर आफ्नो असक्षमता लाई अझ प्रस्ट पार्दिए । मधेसमा बस्ने जनता चुनाव चाहन्छन भन्ने जान्दा जान्दै पनि सीमित षडयन्त्रकारीहरुको लागी चुनाव सारिनु देउवा नेतृत्वको असक्षमता नै हो ।
हो ! केही बाधा पक्कै छन् । जायज र नाजायज माग राखेर मधेशबादी भन्न रुचाउने एउटा ग्याङ नेपाली राजनीतिमा हाबी हुँदै गएको छ । उसले सकेसम्म नेपाललाई सधैँ सङ्कटमा राखेर भारतीय रिझाउने खेल खेल्न चाहन्छ । उसलाई मनायर मधेसमा चुनाव गर्नु एउटा ठुलै युद्ध जिते जस्तै हो । तर हार मानसिकता राखेर बारम्बार मधेशबादी भन्न रुचाउनेहरु सँग झुक्नु नेपाली लाई सहने विषय होइन ।
दुई दशक देखि स्थानीय तहहरु जनप्रतिनिधि बिहिन भैदिदाको सास्ती मधेसले पनि खेपेको छ । तर बिप्लब नेतृत्वको नेकपा लाई व्यापक धरपकड अनि गिरफ्तारी गरेर पहाडी जिल्लाहरूमा चुनाव गराउन सक्ने सरकारले मधेसमा बसेका सीमित अंगिकृतहरुलाई रोकेर चुनाव गराउन किन सक्दैन ?
सबैलाई शङ्का लागि सक्यो ! नसक्ने होइन , सत्तामा टिकिरहन भारतको आशीर्वाद चाहिन्छ , त्यसैले भारतीय दलालहरुलाई पकडेर कोच्न सकिँदैन । हामी सबैले बुझेको सरल परिभाषा यही नै हो । सरकारको चावी दिल्लीमा छ , र रिमोट मधेशबादी दल कहलिने राजपाको हातमा छ ।
अनेकन माग राखेर चुनाव बिथोल्न लागीपरेको बिप्लब कार्यकर्तालाई सेना र हतियारको बलमा तह लगाउन सक्ने सरकारले राजमा माथि किन नरम भएर बसेको छ ? किन हरेक पटक राजपा सँग झुक्दैछ सरकार ? सम्पूर्ण नेपालीले बुझीसके तर पनि आफ्नो त्यो बेला गुमेको साख बचाउन कठोर निर्णय लिनुको साटो देउवा ले अझ धेरै असक्षमता प्रस्तुत गर्दै गएका छन् ।
विश्व सामु वीर गोर्खालीको नामले परिचित हाम्रो हजारौको सेना कतिबेला काम आउने हो ? देश बिखण्डनको राजनीति गरिरहेको मधेसी दलहरूको कार्य सेनाले ब्यारेकबाटै टुलुटुलु हेर्ने हो कि सार्वभौम र स्वाभिमानको लागि परिचालित हुने हो ? कसले आदेश दिने हो नेपाल बचाउन ? जनता सँग उत्तर छ , सरकार सँग यसको उत्तर छैन । किनभने मुखमा भारतीय बिस्तारबादले सुपरग्लु लगाईदेको छ ।
सत्तामा रहदा भारतीय गुलामी गर्ने अनि सत्ता बाहिर हुँदा भारतीय बिस्तारबाद मुर्दाबादको नारा लगाउने नेता र तिन्का कार्यकर्ताले गर्दा आज मधेसमा बिहारी गुट राजपा मौलाउदै गएको छ ।
अब अर्को चर्चाको चर्चा गरौँ । देश सङ्घीय ढाचामा हिडदै गर्दा टिकापुरमा एउटा अकल्पनिय घटना घट्यो । एक जना नाबालक सहित नौ जनाको ज्यान जानेगरी भएको टिकापुर घटना नेपालीले कहिले भुल्न सक्दैनन । सोरौ सताब्दीको ढुङ्गे युग जस्तो भाला चाकु अनि घरेलु हतियारले भएको पासबिक हत्याकाण्डको देश विदेश बाट निक्कै निन्दा भयो ।
प्रारम्भिक अनुसन्धानले रेसम चौधरी लगायतलाई दोषी करार गर्यो । घटना भए लगत्तै अपराधीहरु भुमिगत भए । हिंसा भडकियो थारु आदिबासीहरु पनि पीडित भए । तर घटनामा प्रहरीले देखायको संयमताको चौतर्फी प्रशंसा भयो । प्रहरी ले चाहेको भए त्यति बेला टिकापुर एउटा रणभुमी बन्न सक्थ्यो तर त्यसो भएन ।आक्रोसितहरुले छिटपुट घटना घटाए तर हामी बाहिर बसेर कल्पना गर्नेहरुले सोचे जस्तो अप्ठ्यारो परिस्थिति आएन ।
हाम्रो नजरमा रेसम चौधरी लगाएतका थारु अगुवाहरु दोषी रहे । हामीले सर्वत्र घटनाको निन्दा गरेर रेसम चौधरीहरुको गिरफ्तारी अनि सजायको माग गरिरहेकै बेला सजाय त एकदम परको कुरा , ससम्मान निर्दोष करार गर्दै क्षेतिपुर्ती बापत करौडौ रकम निकासा हुने खबर हामीले सुन्न पायौ । यस्तो खबर सुन्न थालेपछी सुरु भयो शेरबहादुरको असक्षमताको पराकाष्ठा ।
तराई मधेसमा आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने बहानामा बारम्बार झुक्नु नेपाली इतिहासले गिज्याउने खेल हो । तराईमा आन्दोलन गर्नु थारुहरुको आफ्नै हकाधिकार भित्र पर्छ होला तर नेपाली जनताले भुल्नै नसक्ने घटनाका दोषीहरुलाई सजिलै उन्मुक्ती दिनु कदापि मान्य हुने छैन । हामीले मान्य हुने छैन भनेर पनि केही हुनेवाला छैन । नेपाली राजनीतिमा असक्षमहरु हाबी हुँदै गएसी हामीले आशा गर्ने यत्ति हो ।
अब एउटा आशा छ , मधेसमा आन्दोलन चल्दै गर्दा एम्बुलेन्सबाट बिरामी थुतेर मार्नेलाई अलि ठुलै मान पदवी मिलेको सुन्न पाईयोस अनि एक दिन तिम्रै असक्षमताको कारण दुई नम्बर प्रदेश बिहारको मोतिहारि जिल्लामा गाभिएको सुन्न पाईयोस ।