आर्थिक स्थिति सुधार गर्न बचत गर्नुपर्छ : प्रदेश प्रमुख मल्ल - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

आर्थिक स्थिति सुधार गर्न बचत गर्नुपर्छ : प्रदेश प्रमुख मल्ल



विशाल पाण्डेय / सुखड,कैलाली ।

सुदुरपश्चिम् प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले आर्थिक स्थिति सुधार गर्न बचत गर्नुपर्ने बताएका छन् ।

शनिबार कैलालीको घोडाघोडी नगरपालिका -२ साडेपानीमा रहेको चुलिमालिका बचत तथा ऋण सहकारी संस्था लि. को सातौ वार्षिक साधारण सभा तथा दशरथ सभाहलको समुद्घाटन कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै सुदुरपश्चिम् प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले गाउँ समाजमा रहेका निमुखा ,गरिबी र न्यून आय भएका मानिसहरुको आर्थिक स्थितीमा सुधार ल्याउनको लागि थोरै भएपनी बचत संकलन गर्नुपर्ने बताएका हुन् ।

आफुलाइ आवश्यक पर्ने बस्तुहरु आफै उत्पादन गरि उपभोग गर्नु पर्दछ । तर, समाज रुपान्तरणका क्रममा अत्यधिक आवश्यकतालाइ परिपुर्तिका लागि नगर प्रवाहको आवश्यकता पर्ने हुँदा आफुलाइ मात्र नभई अर्को गाउको आवश्यकतालाई पूरा गर्न आधुनिकताले ल्याएको परिवर्तन सङ्गै सोही दिशामा चल्न सहकारीको आवश्यकता रहेको प्रदेश प्रमुख मल्लले बताए ।

एकले अर्काको आवश्यकता पूरा गर्न सामुहिक सौदावाजी गर्न,सामाजिक सुरक्षाका लागि एक जुट हुन सहकारीको महत्त्वपूर्ण भुमिका हुन्छ । उनले भने , ‘ सहकारीको लगानिले रोजगारीका क्षेत्रहरुमा बिस्तार गरि बेरोजगारी लाई अन्त्य गर्नुपर्छ ।’ सहकारीले समाजमा तल्लो तहमा भएका अति बिपन्न र गरिबी ब्यक्तिहरुको उत्थानमा सहयोग गर्नु पर्छ ।’ साथै उनले स्थानिय सरकार ,प्रदेश सरकार र केन्द्रिय सरकार पनि सिकारुको अवस्थामा रहेकोले जनताले चाहे अनुरुपको कामहरु गर्न नसकेको बताए ।

त्यस्तै विशिस्ट अथितिको आसनबाट बोल्दै प्रदेश सभा सांसद अमर बहादुर साउदले सहकारीले कृषि क्षेत्रमा लगानी गर्नु पर्ने बताए । दुर्गम ठाँउमा भएका ब्यक्तिहरुलाइ पनि सहकारीमा बचत गर्न प्रोत्साहन गर्नुपर्ने बताए । उनले भने, ‘सहकारी संस्थाले कृषिमा लगानी गरेर आफै उत्पादन गरेका बस्तुहरु प्रयोग गर्नु पर्छ । किसानहरु सङ्ग रकम नहुने हुदा बीउ बिजन किन्न पनि समस्या हुने हुदा सहकारीले त्यस क्षेत्रका ब्यक्तिलाइ सहयोग हुने गरि काम गर्नु पर्छ ।’ साथै सांसद साउदले घोडाघोडी नगरपालिका- १० मा ३० हजार मेट्रिक टन क्षमताको बन्दै गरेको कोल्ड स्टोरमा सबै किसानहरुले उत्पादन गरेका बस्तुहरु लैजान आग्रह गरे ।

चुलिमालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रण बहादुर भण्डाराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सहकारीका ब्यवस्थापक बिष्णु प्रसाद उपाध्यायले आर्थिक बर्ष २०७४/०७५ को ३८ लाख ६८ हजार रुपैयाँ बराबरको आयब्यय प्रस्तुत गरेका थिए ।

समुद्घाटन दशरथ सभाहलको घोडाघोडी नगरपालिकाले १८ लाख ,घोडाघोडी नपा वडा नं २ बाट १५ लाख र दशरथ मावीको ६ लाख गरि संयुक्त लगानीमा निर्माण गरिएको र अझै निर्माणको काम पूरा नभएको घोडाघोडी नपा वडा नं २ का वडाध्यक्ष हरि बिष्टले बताए ।