प्रधानमन्त्री ओलीको अर्थपूर्ण सम्वोधन - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

प्रधानमन्त्री ओलीको अर्थपूर्ण सम्वोधन



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । राजनीतिक घटनाक्रमको तिब्र विकाश भैरहेका बेला उनले सम्वोधन गर्न लागेका हुन् ।

देशमा कोरोना महामारी चलिरहेको, संसद विघटनविरुद्ध अदालतमा बहस भैरहेको र बजेट ल्याउने तयारी भैरहेको बेला प्रधानमन्त्री ओलीको सम्वोधनलाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले गर्न लागेको सम्बोधनलाई चासोका साथ हेरिएको छ । प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी छ ।

अध्यादेशबाट पूर्ण बजेट नल्याउन सरकारलाई चौतर्फी दबाब छ । पूर्वअर्थमन्त्रीहरुले अन्तरिम बजेट ल्याउन सुझाव दिएका छन् ।