अर्थमन्त्रीले भने: यस्तै तरिकाले देशले खर्च धान्न सक्दैन - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अर्थमन्त्रीले भने: यस्तै तरिकाले देशले खर्च धान्न सक्दैन



काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले सरकारलाई चालु खर्च धान्न कठिन भएको जानकारी गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबारको अर्थमन्त्री खतिवडाले अहिलेको अवस्थामा सरकारलाई अनिवार्य दायित्व धान्न रुपैयाँको समस्या परिरहेको जानकारी गराएका हुन्।

‘अहिले हाम्रो मासिक अनिवार्य दायित्व ४० अर्ब छ। यो भनेको चालु खर्च हो जुन सरकारले जसरी पनि नगदमा भुक्तानी गर्नुपर्छ। यसका लागि हामीलाई केही समस्या भइरहेको छ। अहिले भन्सारबाट महिनामा १५ अर्बजति राजश्व उठिरहेको छ। त्योभन्दा न्यून आन्तरिक राजश्व छ। यसले ४० अर्बको दायित्व पूरा गर्न गाह्रो भइरहेको छ’ खतिवडाले भने।

लकडाउनका कारण राजश्व संकलन खुम्चिएपछि सरकारलाई पनि समस्या परेपछि आन्तरिक ऋण तथा सरकारी कोष तान्ने काम गरिरहेको छ। खतिवडाले पनि खासै प्रयोगमा नरहेका सरकारी कोष परिचालन गरेर व्यवस्थापन गरिने बताए।