हलिउड अभिनेता अर्नोल्ड दम्पतीको डिभोर्स - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

हलिउड अभिनेता अर्नोल्ड दम्पतीको डिभोर्स



हलिउड अभिनेता अर्नोल्ड स्वार्जेनेगर र अमेरिकी पत्रकार मारिया स्रीभरबीचको ३५ वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य भएको छ । लस एञ्जल्सको अदालतको कागजातमा उनीहरूले ल्याप्चे गरेपछि सम्बन्धविच्छेद भएको हो ।

यो जोडीबीच चार वर्षको प्रेम सम्बन्धपछि सन् १९८६ मा विवाह भएको थियो । तर, अर्नोल्ड र उनकी श्रीमतीले १० वर्षअघि नै आफ्नो २५ वर्षे वैवाहिक सम्बन्ध अन्त्यका लागि निवेदन दिएका थिए । आर्नोल्ड क्यालिफोर्निया राज्यका पूर्व गभर्नरसमेत हुन् । उनी दर्शकमाझ फिल्म ‘टर्मिनेटर’ मार्फत् बढी लोकप्रिय भएका थिए ।

आर्नोल्डले एक घरेलु महिला कामदारसँग सम्बन्ध राखेर बच्चा जन्मेपछि मारिया र आर्नोल्डबीच सम्बन्ध बिग्रिएको हो । त्यसपछि मारियाले सन् २०११ मा सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन् । उनीहरु त्यतिबेलादेखि नै छुट्टै बस्दै आएका थिए ।

सम्बन्ध विच्छेद भएका जोडीको २४, २८, ३० र ३२ वर्षका छोराछोरी छन् । उनीहरुबीच झण्डै ४० करोड अमेरिकी डलर बराबरको सम्पत्तिमा विवाद आएपछि अदालतले सम्बन्ध विच्छेदको निर्णय गर्न १० वर्ष लगाएको हो ।