अर्नब गोस्वामी जेल चलान - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

अर्नब गोस्वामी जेल चलान



काठमाडौं- भारतीय रिपब्लिक टिभीका संस्थापक एवं प्रधान सम्पादक अर्नब गोस्वामीलाई जेल चलान गरिएको छ।

दुरूत्सहान अभियोगमा पक्राउ परेका गोस्वामीलाई आइतबार जेल चलान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

क्वारेन्टाइनमा रहेको समयमा मोवाइल चलाएपछि उनलाई तलोजा जेल चलान गरिएको हो।

एक इन्टेरियर डिजाइनरलाई प्राण त्याग गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका गोस्वामीलाई पक्राउ गरेपछि अलिबागको एक क्वारेन्टाइनमा राखिएको थियो।