प्रधानमन्त्री ओलीलाई हटाउने अर्को विकल्प पनि तयार
काठमाडौ- सत्तारुढ दल नेकपामा देखिएको किचलोले फरक रुप धारण गर्ने आशंकाहरू देखा परेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट हट्न आनाकानी गरेको खण्डमा संसदीय बाटो अबलम्बन गर्ने रणनीति समेत बनेको स्रोतले दाबी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नमानेपछि उनलाई हटाउन संसद्को विशेष अधिवेशन डाकेर भएपनि अविश्वासको प्रस्ताव लैजानेबारे गृहकार्य भएको बताइएको छ । हालै नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसदको विशेष महाधेविशन बोलाउने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीप्रति नेपाली कांग्रेस र जसपाका नेताहरू निकै रुष्ट बनेका छन् । गत महिना समाजवादी पार्टी फुताउनाकै लागि अध्यादेश ल्याएपछि जसपाका नेताहरू प्रधानमन्त्री ओलीप्रति असहिष्णु देखिएका छन् ।
गत साता प्रधानमन्त्री अोलीले क्याबिनेट डाकेर संसदको बजेट अधिवेशन अन्त गरेकोमा सत्तापक्ष र प्रतिपक्ष दुवै असन्तुष्ट छन् । उनले एकै दिनमा अधिवेशन अन्तको निर्णय गराएर सोही दिन सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन गर्न लगाए । यसबाट पनि नेपाली काँग्रेस र जनता समाजवादी पार्टी असन्तुष्ट रहेका छन् ।
काँग्रेस र जसपाले विशेष अधिवेशन बोलाउन आग्रह गर्ने तयारी समेत भएको छ । नेकपा भित्रबाट नै ओली इतरका केहि नेताले कांग्रेस र जसपालाई अधिवेशन डाक्न सिग्नल दिएको पनि चर्चा चलिरहेको छ ।