नेपालको अर्को विकेट पनि गुम्यो
काठमाडौँ – मलेसियामा जारी आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा अहिले नेपालले युनाईटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गरिरहेको छ । युएईले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ्ग गरिरहेको छ ।
१७ ओभरको खेल चलिरहँदा नेपालले दुई विकेटको क्षतिमा ७४ रन बनाएको छ । पवन सराफ ९ बलमा १२ रन र आशिफ सेख ३८ बलमा २७ रन बनाएर आउट भए । अहिले क्रिजमा कप्तान रोहित कुमार पौडल र रित गौतम छन् ।
शुक्रबार सिंगापुर विरुद्धको पहिलो खेलमा नेपालले शानदार जित निकालेको थियो ।