प्रधानमन्त्री र 'रअ'को साँठगाँठले अर्को ठुलो राष्ट्रघातको तयारी भैरहेको आरोप - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

प्रधानमन्त्री र ‘रअ’को साँठगाँठले अर्को ठुलो राष्ट्रघातको तयारी भैरहेको आरोप



काठमाडौं- नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नेपालमा अर्को राष्ट्रघातको तयारी भएको हुनसक्ने बताएका छन्।

वैद्यले प्रधानमन्त्री केपी शर्मा ओली र भारतको रिसर्च एण्ड एनालिसिस विङ्गका प्रमुख सामन्त गोयलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएर कुटनीतिक मर्यादाको मात्र होइन राष्ट्रिय स्वाभिमान समेतको खिल्ली उडाएको छ ।’

‘भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेटने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ,’ किरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीले यसको घोर बिरोध र तीव्र भत्र्सना गर्दै आम देशभक्त नेपाली जनतालाई सचेत रहन उनले अपील गरेका छन् ।