अर्को निर्वाचनमा एउटै पार्टी भएर मत माग्न आउने वाम गठवन्धका नेताहको उद्घोष - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

अर्को निर्वाचनमा एउटै पार्टी भएर मत माग्न आउने वाम गठवन्धका नेताहको उद्घोष



कमल विष्ट /अर्घाखाँची कार्तिक २४ ।

वाम गठवन्धनका नेताहरुले अर्को पटक निर्वाचनमा आउँदा एउटै कम्युनिष्ट पार्टी बनाएर आउने बताएका छन् । वाम गठवन्धन अर्घाखाँची द्वारा जिल्लाको धारापानी र ढाकावाङ्गमा आयोजित दुइ छुट्टा–छुट्टै चुनावी सभामा मन्तव्य राख्दै गठवन्धनका नेताहरुले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको बताए । कार्यक्रममाा मन्तव्य राख्दै नेकपा मओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार टोपबहादुर रायमाझीले कम्युनिष्टहरुलाई फुटाएर फाइदा उठाउने युगको अन्त्य भएको बताउनु भयो ।

अग्रगामी र प्रगतिशिल शक्तिहरु आपसमा विभाजित हुनु दुःखद कुरा भएको बताउँदै उहाँले राजनीतिक स्थायीत्व दीगो विकास र समृद्ध राष्ट्र निर्माणको लागि कम्युनिष्ट शक्तिहरु एकजुट भइ निर्वाचनमा आएको बताउनु भयो । कार्यक्तममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सभा क्षेत्र नं. १ का उम्मेद्वार चेतनारायण आचार्यले राष्ट्रिय स्वाधीनता सामाजिक न्याय, स्वरोजगार र मुलुकको समृद्धिको लागि वाम गठवन्धका उम्मेद्वारहरुलाई मत दिइ विजयी गराउन आग्रह गर्नु भयो । उहाँले वाम पन्थी बीचको एकताले प्रतिगामी राष्ट्रघाती शक्तिहरु आताल्लिएको बताउँदै निर्वाचन पछि वन्ने वाम गठवन्धनको सरकारले जनसरोकारका सबै विषयलाई सम्वोधन गर्ने दावी गर्नु भयो ।

नेकपा एमाले भुमिकास्थान नगरपालिकाका संयोजक खगेश्वर पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक द्वय छमकुमारी खनाल चिनारी, तोज बहादुर रायमाझी विधान, नेकपा एमालेका जिल्ला उपसचिव प्रेम नारायण गैरे, जिल्ला सचिवालय सदस्य पिताम्वर भुसाल, जनक गैरे, भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा, भुमिकास्थान नगरपालिका वडा नं. ३ का वडाध्यक्ष वालकृष्ण वञ्जाडे लगायतका वक्ताहरुले वामपन्थी शक्तिबीच भएको चुनावी तालमेल र पार्टी एकताको पक्रियाले नेता कार्यकर्तामा उत्साह थपिएको बताए ।