प्रधानमन्त्रीलाई हदैसम्मको कारबाही माग गर्दै सर्वोच्चमा अर्को मुद्दा - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रधानमन्त्रीलाई हदैसम्मको कारबाही माग गर्दै सर्वोच्चमा अर्को मुद्दा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्बाही गर्न भन्दै सर्वोच्च अदालतमा अर्को मुद्दा परेको छ।

प्रधानमन्त्री ओलीविरुद्ध सोमबार अदालतको अवहेलना गरेकोले कारवाही गर्न माग गर्दै निवेदन पेश भएको हो ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा भइरहेको सुनुवाइमा बहस गर्ने वकिललाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेर प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन पेश गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संविधान, कानुन र पदीय मर्यादा विपरित वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी लगायतलाई अशिष्ट भाषा प्रयोग गरेको भन्दै प्रधानमन्त्रीलाई अवहेलनामा कारबाही चलाइ हदैसम्मको सजाय गरिपाउँ पनि निवेदन पेश भएको छ ।

आइतबार वरिष्ठ अधिवक्ता डा.कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन पेश गरेका थिए । दुवै रिट निवेदन दर्ताको प्रक्रियामा छन् ।