सरकारबिरुद्ध अर्को क्रान्ती गर्नुपर्ने बेला आयो - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

सरकारबिरुद्ध अर्को क्रान्ती गर्नुपर्ने बेला आयो



मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले राष्ट्रियता र नागरिकता माथि आक्रमण गरेकोले सरकारबिरुद्ध अर्को क्रान्ती गर्नुपर्ने बेला आएको बताएका छन्  । सरकार आफैले देशमा अर्को क्रान्ति निम्ताइरहेको पनि आरोप लगाएका छन् ।

क्रान्तिकारी युवा लिग, नेपालको हेटौडामा जारी प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले नेपाली नागरिकका अधिकारको धज्जि उडाउदै फेरि पनि क्रान्तिका लागि जनतालाई उभ्याइरहेको टिप्पणी गरे । महासचिव वैद्यले जवसम्म जनवर्गको अधिकार सुनिश्चित हुदैन तबसम्म क्रान्ति भइरहने भन्दै जनता पुन जनआन्दोलन गर्न तयार रहेको दाबी गरे । सहिदको रगतमा उभिएर बनेको सरकारले भ्रष्ट भएर जनतालाइ धोका दिएको भन्दै अहिलेको सरकार अब धेरै नटिक्ने दाबी गरे ।

सम्मेलनमा पार्टिका स्थायि समिति सदस्य सिपि गजुरेलले मुलुकमा अब क्रान्ति आवस्यक छैन भन्दै सरकारले जबर्जस्ती संविधान लागू गरेको तर संविधान जनअपेक्षा अनुसार नबनेको बताए ।क्रान्तिकारी आवाज फेरि उठाउने चेतावनी दिँदै नेता गजुरेलले क्रान्तिको तयारी तिब्र रूपमा अघि बढाउन आवस्यक भएकोले सम्मेलन आयोजना गरिएको बताए ।

लिगका केन्द्रिय संयोजक अमिर महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश तीनका पोलिटब्युरो सदस्य पवनमान श्रेष्ठ, केन्द्रिय सदस्य इश्वर तिमलसीना, अखिल नेपाल ट्रेड युनियन अध्यक्ष लक्ष्मी मुडवरी, अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्ष हरी कृष्ण गजुरेल, केन्द्रिय सदस्य धनेश्वर, दिनेश शर्मा लगाइतको आतिथ्यता रहेको थियो ।सम्मेलन आज शनिबारसम्म चल्नेछ । पार्टीले भोली केन्द्रिय कमिटी समेत गठन गर्ने जनाइएको छ ।