प्रचण्ड-नेपाल समूहले अर्को आन्दोलन घोषणा गर्दै - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

प्रचण्ड-नेपाल समूहले अर्को आन्दोलन घोषणा गर्दै



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा छ । उक्त समूहले आइतबार अर्काे चरणको संघर्षका कार्यक्रम घोषणा गर्दै छ ।

केन्द्रीय संघर्ष समितिले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत कार्यक्रम घोषणा गर्न लागेको हो ।

दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा अर्काे चरणको कार्यक्रम घोषणा हुने एक नेताले जानकारी दिए ।