संवैधानिक परिषद्को अर्को बैठक भोलि बस्ने - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

संवैधानिक परिषद्को अर्को बैठक भोलि बस्ने



काठमाडौं । विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा सिफारिस गर्ने उद्देश्यले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक केही समय बसेर स्थगित गरिएको छ । परिषद्को अर्को बैठक मंगलबार (३० मंसिर) बिहान ९ बजेका लागि बोलाइएको छ ।

बालुवाटारमा आइतबार बोलाइएको बैठक गणपूरक संख्या नपुगेकाले स्थगित गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । ‘आइतबारको बैठक केही समय बसेर स्थगित भएको छ भने अर्को बैठक मंगलबार बिहान ९ बजेका लागि तय गरिएको छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।

परिषद्का सबै सदस्यलाई मंगलबार हुने बैठकबारेको पत्र आइतबार नै पठाइएको छ । हाल विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त छन् । ती निकायमा सिफारिस गर्न परिषद्मा रहने सबै पदाधिकारी बैठकमा सहभागी भएर आवश्यक निर्णय गर्न जनस्तरबाट चौतर्फी दबाब परिरहेको छ ।