अर्को अध्यादेश ल्याउन प्रधानमन्त्रीले डाके बैठक - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

अर्को अध्यादेश ल्याउन प्रधानमन्त्रीले डाके बैठक



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक डाकेका छन् । ओलीले अर्को अध्यादेश ल्याउनका लागि बैठक बोलाएको अनुमान गरिएको छ ।

राष्ट्रपतिद्वारा जारी संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज गर्नका लागि फेरि अर्को अध्यादेश ल्याउनुपर्ने कानुनी प्रावधान भएकाले उनले अध्यादेश ल्याउनकै लागि बैठक बोलेको नेकपा नेताहरूले बताएका छन् ।

जसका लागि आजै साँझ ६ बजे मन्त्रिपरिषद् बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।

बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले राष्ट्रपतिबाट जारी भइसकेको उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

पुरानै कानुन ब्युँताउनका लागि अर्को अध्यादेश ल्याउन मन्त्रीपरिषद् बैठक बस्नुपर्ने संवैधानिक प्राबधान छ ।

यसैबीच प्रधानमन्त्री ओलीले ५ बजेका लागि संवैधानिक परिषदको बैठक पनि बोलाएका छन्। अध्यादेश फिर्ता लिने सहमतिपछि डाकिएको यो बैठकले भने नेकपामा तरंग ल्याएको छ ।