बेल्जियमबाट आएकी अर्की युवतीमा पनि कोरोना संक्रमण
काठमाडौँ- बेल्जियमबाट कतार हुँदै काठमाडौँ आएकी १९ वर्षीया युवतीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ पुगेको छ जसमध्ये एक उपचारपछि घर फर्किसकेका छन्।