पोखराका पत्रकार अर्जुन गिरीले पाए सफाइ - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

पोखराका पत्रकार अर्जुन गिरीले पाए सफाइ



काठमाडौं- पोखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिक तथा ताण्डवन्युजडटकम अनलाइनका सम्पादक अर्जुन गिरीले सफाइ पाएका छन्।

जग्गा कारोबारमा ठगी गरेको समाचार लेखेकोमा पोखराका ब्यवसायी विपेन्द्रराज बतासले गिरीविरूद्ध साइबर क्राइम मुद्दा हालेका थिए।

गिरीलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले सफाइ दिएको हो। गिरीको पक्षमा बरिष्ठ अधिवक्ता बोर्ण कार्की र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए।

गिरीलाई बैशाख २ गते जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएर केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी काठमाडौं पठाएपछि चार दिन हिरासतमा राखेर अनुसन्धान गरिएको थियो।

गिरीको पक्राउ विरूद्ध नेपाल पत्रकार महासंघलगायतले देशैभर विरोध गरेपछि उनलाई साधारण तारेखमा छाडिएको थियो।