लुम्बिनी सांस्कृतिकमा अर्जुन कुर्मीको स्वतन्त्र उम्मेदवारी घोषणा, यस्ता छन् एजेण्डा - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

लुम्बिनी सांस्कृतिकमा अर्जुन कुर्मीको स्वतन्त्र उम्मेदवारी घोषणा, यस्ता छन् एजेण्डा



रुपन्देही- सामाजिक अभियन्ता अर्जुन कुर्मीले लुम्बिनी सांस्कृतिक नगरपालिकाका लागि उपमेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् । भैरहवामा एक कार्यक्रमकाबीच कुर्मीले उम्मेदवारी घोषणा गरेका हुन् ।

लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका कुर्मी पछिल्लो समय सामाजिक अभियन्ताको रूपमा परिचित छन् । उनले लुम्बिनी सांस्कृतिक नगरपालिकाभित्र लुम्बिनी क्षेत्रको जगेर्ना र पर्यटन प्रवर्दनका विषयमा धेरै अभियान चलाईसकेका छन् । त्यसका अलावा उनले वातावरण तथा बन्यजन्तु संरक्षणको अभियान समेत चलाइसकेका छन् ।

युवा पुस्तामा निकै लोकप्रिय मानिएका कुर्मी आफू नगरपालिकाको कायापलट गर्नको लागि फिल्डमा आएको बताउँछन् । आफूसँग भएका योजना सुनाउँदै उनले युवाको हातमा स्थानीय तह भयो भने मात्रै आधुनिक नगर बनाउन सम्भव हुने बताए ।

लुम्बिनीका स्थानीयहरूले नै आफूलाई चुनाव लड्न सुझाव दिएको बताउँदै कुर्मीले नगरबासीको सपना मर्न नदिने बताए । यो क्षेत्रको पहिचान के हो र यसलाई कसरी पर्वर्दन गर्न सकिन्छ भन्ने बिषयमा अहोरात्र आफू खटिरहेको उनी बताउँछन् ।

यस्ता छन् कुर्मीका एजेण्डा:

  • एक घर एक उद्यमी
  • युवा स्वास्थ्य र खेल प्रवर्द्धनका लागि खेल मैदान
  • कृषकको लागि किसान कार्डमार्फत बिउबीजन
  • सिंचाईको लागि नहर बनाउने
  • फ्री वाईफाई जोन बनाउने
  • विद्यालय स्तरोन्नती, अंग्रेजीमा पढाइ
  • खुला ब्यायम स्थल बनाउने
  • किशोरीको पढाईको लागि प्राविधिक विद्यालय
  • रिक्सा र ट्याक्सीका लागि लुम्बिनीमा इन्ट्री फी फ्री
  • स्वास्थ्यकर्मी र स्व्यंसेविकालाई सेवा सुबिधा बढाउने
  • होम स्टे संचालन गर्ने
  • लुम्बिनीलाई ग्रीन र क्लीन सिटी बनाउने
  • लुम्बिनीमा अन्तरास्ट्रिय लगानी भित्र्याउने
  • घातक रोगको लागि निशुल्क स्वास्थ्य सेवा दिने
  • कालिदा भन्सारलाई ठूलो भंसार बनाउने