अर्जुनको किस गर्ने तरिका गज्जबको छ -अभिनेत्री परिणिती चोपडा - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

अर्जुनको किस गर्ने तरिका गज्जबको छ -अभिनेत्री परिणिती चोपडा



काठमाडौं । अक्सर किस सिन नभएका फिल्म कमै मात्र बन्न थालेका छन् । नयाँ पुस्ताका कलाकार लिएर बनाइने फिल्ममा त अनिवार्य यस्ता सिन राखिएका हुन्छन् ।

अझ, यस मामलामा त बलिउड अगाडि नै छ । यसै सन्दर्भमा बलिउडकी अभिनेत्री परिणिती चोपडाले ‘किस’बारे नयाँ खुलासा गरेकी छन् । प्रेमी समेत भएको बताएकी उनले अभिनेताहरू अर्जुन कपुर र सिद्धार्थ मल्होत्रामा कसले राम्रो किस गर्छ भनी सोधिएको प्रश्नमा भनिन्– अर्जुनको किस गर्ने तरिका गज्जबको छ ।

परिणितीले अर्जुनसँग इशकजादे र नमस्ते लण्डनमा अभिनय गरेकी थिइन् । दुवै फिल्ममा यो जोडिको गज्जबको किस सिन राखिएको थियो ।