आरजु देउवाद्वारा मृतकका परिवारलाई जनही ५ लाख सहयोग - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

आरजु देउवाद्वारा मृतकका परिवारलाई जनही ५ लाख सहयोग



कैलाली – मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कैलाली ५ बाट पराजित भएकी नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवा निर्वाचन क्षेत्र पुगेकी छिन्।

उनले शुक्रबार गत मंसिरमा डुबेर मृत्यु भएका धनगढी उपमहानगरपालिका–१३ का दुई जना बालकका परिवारलाई जनही पाँच लाख रुपैयाँ सहयोग गरेकी छन्।

वडा नं १३ मा आयोजित कार्यक्रममा डा देउवाले मृतक तीन वर्षीय अमित रानाका बुवा लक्ष्मण र बालिका केशवी रानाका बुवा जोगराजलाई जनही रु पाँच लाख प्रदान गर्दै जनताको सुखदुःखमा आफूले जहिले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरिन। गत मंसिर ९ गते वडा नं १३ को कैलाली नालामा खेल्ने क्रममा ती दुवैको डुबेर मृत्यु भएको थियो। रासस