अर्जेन्टिनाको सानदार जीत अन्तिम १६ मा प्रवेश - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अर्जेन्टिनाको सानदार जीत अन्तिम १६ मा प्रवेश



छनौट चरणको अन्तिम खेलमा अर्जेन्टिनाले सानदार जीत हात पारेको छ । नाइजेरिया बिरुद्ध जित्नैपर्ने लक्षका साथ् प्रस्तुत भएको अर्जेन्टिनाले पहिलो १४औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । यो गोल लियोनल मेस्सिले गरेका थिए भने मेस्सीले रुस विश्वकपमा यो पहिलो गोल गरेका हुन् ।

यसपछि खेलको ८६औं मिनेटमा मार्कुसले गोल गरे ।

पहिलो हाफसम्म अर्जेन्टिनाले अग्रता कायमै राखेपनि खेलको ५१औं मिनेटमा नाइजेरियाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट नाइजेरियाका भिक्टोर मोसेसले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए ।

यसअघि पहिलो हाफमा अर्जेन्टिनाले उत्कृष्ट खेल्दै अग्रता बनाएको थियो । कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान मेस्सीले खेलको १४औं मिनेटमा गोल गर्दै नाइजेरियाविरुद्ध अर्जेन्टिनालई १–० गोलको अग्रता दिलाएका थिए ।

खेलको ३४औं मिनेटमा कप्तान मेस्सीले प्रहार गरेको फ्रिकिक नाइजेरियाका गोल किपरले उत्कृष्ट बचाउ गरेका थिए ।

समूहको अर्को खेलमा क्रोएसियाले आइसल्यान्डलाई २-१ गोलले हराएको फाइदा पनि अर्जेन्टिनालाई पुग्यो। आइसल्यान्ड हार्दा अर्जेन्टिनाले सहज रुपमा उपविजेता बन्यो भने आइसल्यान्ड बाहिरियो।

यसअघि पहिलो खेलमा आइसल्यान्डसँग बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३-० गोलले पराजित भएको थियो। तर अन्तिम खेलमा नाइजेरियालाई हराउदै अर्जेन्टिना अन्तिम १६ मा पुग्न सफल भयो।

यता लगातार ३ खेल जितेको क्रोएसिया समूह विजेता बनेर अन्तिम १६ मा पुगेको छ।