अर्जेन्टिना: इतिहासकै खराब टिम - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

अर्जेन्टिना: इतिहासकै खराब टिम



विश्वकप फुटबलका लागि रुस गएको अर्जेन्टिनाको टोली देशको इतिहासमै अहिलेसम्मकै खराब विश्वकप टिम रहेको विश्वकप विजेता ओस्भाल्डो अरडिलेसले बताएका छन् ।

सन् १९७८ मा अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि उचाल्दा टिमका महत्वपूर्ण सदस्य रहेका ६५ वर्षका अरडिलेसले प्रक्षिशक जर्ज साम्पाओलीको टिम छनौटको आलोचना गरेका हुन् ।

टिम इतिहासकै खराब भएकै कारण विश्वकै उत्कृष्ट खेलाडी हुँदा पनि अर्जेन्टिनाले विश्वकपमा राम्रो गर्न नसकेको उनको भनाई छ ।

बिहीबार राति भएको समूह चरणको दोस्रो खेलमा अर्जेन्टिना क्रोएसियासँग ३-० ले पराजित भएपछि अर्जेन्टिना अघिल्लो चरण नपुग्ने सम्भावना बढेको छ ।

अरडिलेसले साम्पाओलीको रणनीति कमजोर रहेको तथा उनी कप्तान लियोनल मेस्सीमाथि बढी भर परेको भन्दै आलोचना गरेका छन् ।

पूर्व मिडफिल्डर अरडिलेसका अनुसार अर्जेन्टिनाको अहिलेको टिमले दुई पटकको विश्व विजेता टिमको इज्जत माटोमा मिलाएको आरोप पनि लगाएका छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप उपाधि जितेको थियो ।

अर्जेन्टिना विश्व विजेतादेखि इतिहासकै खराब टिमसम्म बनेको उनले ट्वीटरमा उल्लेख गरेका छन् । अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो । अब समूहको अन्तिम खेलमा उसले नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछ ।