जाजरकोटमा अरिङ्गाल आतंक, एकको मृत्यु - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

जाजरकोटमा अरिङ्गाल आतंक, एकको मृत्यु



जाजरकोट । भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले टोक्दा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचारका अभावमा मृत्यु भएको हो ।

स्थानीयका अनुसार बिसोने डाँडा भन्ने ठाउँमा शनिबार राति अरिङ्गालको गोलो झार्न गएका बेला उनलाई टोकेर थियो । अन्य साथी भागेर ज्यान जोगाए पनि भाग्न नसक्दा उनीमाथि अरिङ्गाल खनिएर टोकेका थिए ।

गम्भीर बिरामी परेका उनलाई उपचारका लागि रुकुमको चौरजहारी अस्पताल लगिएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएको भन्दै नेपालगञ्ज पठाउँदा बाटोमै मृत्यु भएको स्थानीय निर्मित प्रहरी प्रमुख इन्द्रजीत सुनारले जानकारी दिए। रासस