अर्थमन्त्रीलाई भट्टराईको सुझाव:पैसाले सत्ता किन्ने,सत्ताले पैसा कमाउने प्रवृत्तिलाई रोक्न आग्रह - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

अर्थमन्त्रीलाई भट्टराईको सुझाव:पैसाले सत्ता किन्ने,सत्ताले पैसा कमाउने प्रवृत्तिलाई रोक्न आग्रह



नवनियुक्त अर्थमन्त्री डा.युवराज खतिवडालाई नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीटर मार्फत सुझाव दिएका छन्।

भट्टराईले ट्वीटरमा लेखेका छन्- नयाँ अर्थमन्त्रीले राष्ट्रिय धन्दा बनेको पैसा कमाउने,जग्गा किनेर जग्गा बेच्ने,पैसाले सत्ता किन्ने,सत्ताले पैसा कमाउने,प्रवृत्तिलाई रोक्न आग्रह गरेका छन्।

त्यस्तै,उत्पदान बढाउ,नाफा कमाउ,कर बुझाउ,’भ्रष्ट र कमिसनखोर,बस सदरखोर,’दुई अंकको वृद्धिदर,दुई दशक निरन्तर’ नारा लागु गरे देश बन्छ। भट्टराईको नवनियुक्त अर्थमन्त्रीलाई सुझाव छ।

पहिलो संविधान सभाको चुनावपछि प्रचण्ड नेतृत्वको सरकारमा भट्टराई अर्थमन्त्री भएका थिए। भट्टराईले सफल अर्थमन्त्रीको छवि बनाएका थिए।