अर्घाखाँचीमा विद्युत सट हुदाँ ११ वर्षीय बालकको जलेर मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अर्घाखाँचीमा विद्युत सट हुदाँ ११ वर्षीय बालकको जलेर मृत्यु



अर्घाखाँची । विद्युत सट भई आगलागी हुदाँ अर्घाखाँचीमा  एकजनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–६ मेहपानीका ११ वर्षीय नारायण विकको जलेर मृत्यु भएको हो ।

साँझपख बिजुली सर्ट भई विकको घरमा आगजनी भएको प्रहरी नायब उपरिक्षक नवराज मल्लले जानाकारी दिए । घरभित्र रहेको बालक बाहिर निस्कन नसक्दा जलेर मृत्यु भएको जनाईएको छ ।

प्रहरीले आगो नियन्त्रण लिई खोजतलास गर्दा बच्चाको शव भेटिएको थियो ।