अर्घाखाँची सम्पर्क मन्चद्वारा मृगौला पीडितलाई सहयोग - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

अर्घाखाँची सम्पर्क मन्चद्वारा मृगौला पीडितलाई सहयोग



केशव पोखरेल / दक्षिण कोरिया

अर्घाखाँचि सम्पर्क मन्च दक्षिण कोरियाले अर्घाखाँचि पाणिनि गाँऊपालिका निवासी वर्ष ४८  का मृगौला पीडित कृष्ण प्रसाद पोख्रेललाई रकम सहयोग गरेको छ ।

विगत केही समयदेखि मृगौला रोगबाट पीडित पोख्रेललाई अर्घाखाँचि सम्पर्क मन्चले कोरियामा सहयोग अभियान चलाई संकलित भएको रकम रु ९००००/ ( नब्बे हजार मात्र) आज हस्तान्तरण गरिएको छ । बिरामी पोख्रलेको आर्थिक स्थित दयनिय भएकोले मन्चका कोषाध्यक्ष राज खनालको संयोजकत्वमा सहयोग अभियान चलाएका थिए ।

उक्त संकलित रकम मन्चका कार्यसमिति सदस्य विष्णु पौडेलेले बिरामी पोख्रेललाई हस्तान्तरण गरेका हुन ।सहयोग अभियानमा साथ दिनुहुने कोरियावासि नेपालीहरूलाई हार्दिक धन्याबाद ज्ञापन गर्दै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना समेत मन्चले गरेको छ ।

“बिरामीको आर्थिक स्थिति कमजोर भएकाले सहयोगकका लागि आग्रह आएपछि हामीले सहयोग अभियान चलाएका हौ,” मन्चका कोषाध्यक्ष राज खनालले भने ,मन्चले यसअघिपनि विभिन्न किसिमका परोपकारि कार्यहरू गरिरहेको पनि खनालले जानकारी गराए ।