अर्घाखाँचीमा पूर्ण सरसफाइ अभियानले गति लियो, सुवर्णखालमा वडा स्तरिय तालिम सम्पन्न । - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

अर्घाखाँचीमा पूर्ण सरसफाइ अभियानले गति लियो, सुवर्णखालमा वडा स्तरिय तालिम सम्पन्न ।



कमल बिष्ट /अर्घाखाँची

शितगंगा नगरपालिका वडा नं १ सुवर्णखाल हेल्थपाेष्टमा वडा स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिकाे अायाेजना, प्रकाश सचेतन समुहकाे सहजीकरण तथा ग्लाेबल सेनिटेसन फण्ड/ यु एन हेविटाटकाे सहयाेगमा आज सञ्चालन भएकाे पूर्ण सरसफाइ,यससँग अन्तरसम्बन्धित विषयहरू र महिनावारी हुँदाको सरसफाइ व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ  । तालिमका ३७ जना महिला तथा किशोरी सहभागीहरूले सन २०२० सम्ममा अाफ्नाे वडालाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घाेषणा गर्ने लक्ष्य हासिल गर्न आत्मालाई साखी मन,वचन र कर्मले अभियानमा लाग्ने प्रतिबद्धता जनाएका छन् । साथै उनीहरूले महिनावारीकाे सम्बन्धमा खुलेर कुरा गर्ने, गर्व गर्ने र सचेतना फैलाउने शपथ लिएका छन् ।

वडा अध्यक्ष एवं वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष बुद्धिकृष्णपाैडेलकाे अध्यक्षतामा सञ्चालन भएकाे उक्त तालिमको सहजीकरण युएन हेविटाटका जिल्ला संयाेजक विष्णु दवाडी र हेपाे ईन्चार्ज विष्णु बस्नेतले गर्नु भएकाे थियो । तालिममा W-WASH-CC का सदस्य विष्णु बस्नेतले स्वागत मन्तव्य र प्रागका वास अफिसर श्यामसुन्दर ढुंगाना र पूर्ण सरसफाइ सहजकर्ता रिता खनालले क्रमशः उद्घाटन र समापन कार्यक्रम सञ्चालन गर्नु भएको थियाे ।

तालिममा अध्यक्ष बुद्धिकृष्ण पाैडेलले पूर्ण सरसफाइ अभियानमा सबै लाग्नु पर्ने आवश्यकतामा जाेड दिँदै सहयाेग र सहजीकरण गर्ने निकायहरूलाई धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे । तालिममा पूर्ण सरसफाइका सुचकहरू, हात धुने, महिवारी स्वच्छता लगायतका विषयहरूमा प्रस्तुतीकरण, भिडियाे प्रदर्शन, प्रयाेगात्मक अभ्यास, छलफल आदि गरिएकाे थियाे । वडाका सबै महिला स्वास्थ्य स्वयंसेवकहरू, महिला सहकारी, महिला शिक्षक, स्वस्थ आमा समूह र किशोरी छात्राहरूकाे सक्रिय सहभागिता रहेकाे थियाे । तालिम ११ बजे सुरु भई ४:३० बजे सकिएकाे थियाे ।