अर्घाखाँचीमा महिनावारी स्वच्छता व्यवस्थापन कपडाको प्याड तयारी, प्रयोग र विर्सजन सम्बन्धीे तालिम । - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

अर्घाखाँचीमा महिनावारी स्वच्छता व्यवस्थापन कपडाको प्याड तयारी, प्रयोग र विर्सजन सम्बन्धीे तालिम ।



कमल बिष्ट /सन्धिखर्क,

महिला तथा किशोरी महिनावारी भएको अवस्थामा देश तथा बिदेशबाट आयात गरेको प्याड प्रयोग गर्दै आएका अर्घाखाँचीका महिला अब भने आफै निर्माण गरेको सेनेटरी प्याड प्रयोग गर्ने उद्देश्यले दिन लागिएको तालिममा सहभागी भएका छन ।

अर्घाखाँची जिल्लाको प्रतिष्ठा र समृद्धि पूर्ण सरसफाई उन्मुख हाम्रो जीवन पद्धती भन्ने नाराका साथ जिल्ला स्तरीय महिनावारी स्वच्छता व्यवस्थापन, कपडाको प्याड तयारी, प्रयोग र विर्सजन सम्बन्धी दुई दिने तालिम सन्धिखर्कमा सुरु भएको छ ।

तालिमको उदघाटन गर्दै जिल्ला स्तरिय खानेपानी सरसफाई, स्वच्छता समन्वय समितीका अध्यक्ष तथा जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा भुसालले महिनावारी नियमित र प्राकृतिक कुरा भएकाले यसबाट स्वच्छता रहनु आवश्यक भएको बताउँदै आफ्नो स्वच्छता सँगसँगै तालिममा सिकेको कुरा आफैमा मात्र सिमित नराखि गाउँमा रहेका दिदिबहिनी र किशोर किशोरीलाई यसबारे जानकारी दिनुपर्ने बताए ।

यु एन हयाविट्याट जिल्ला संयोजक भरत केसीले तालिममा सिकेको कुरा गाउँमा लगेर सिकाउँन सवैलाई आग्रह गरे । प्रागका निर्देशक प्रेमनारायण गैरेले जिल्लामा पुर्ण सरसफाईको कार्यक्रम अगाडी बढेको बताउँदै जिल्लाका साविकका धातिवाङ्ग, धारापानी, सिद्धारा, सुवर्णखाल, जलुके, धनचौर गाविसमा अभियानले तिव्रता पाएको बताए । परियोजना संयोजक भविश्वर पौडेल, पत्रकार विरेन्द्र केसीले उदघाटन सत्रमा मन्तव्य राखे ।