अर्घाखाँचीमा फेरि बस दुर्घटना, चालकको कुशलताले जोगियो यात्रुको ज्यान ।
कमल बिस्ट/अर्घाखाँची ,२२
पछिल्लो समय सवरी दुर्घटना बढिरहदा अर्घाखाँचीमा फेरि अर्को दुर्घटना भएको छ, अर्घाखाँची जिल्ला सदरमुकाम नजिक किमडाँडा बाटोमा पर्ने भलाडाँडा भन्ने स्थानमा बस दुर्घटना हुँदा सहचालक सामान्य घाइते भएका छ्न।
बिहान जिल्लाको साबिक ढाकाबाङ हाल भुमिकास्थान नगरपालिका १ बाट बिहान ६;३० बजे बुटवलका लागि छुटेको लु १ ख ७१६१ नम्बरको बस चुत्राबेशी बजार नजिकै आउँदा दुर्घटना भएको थियो ।
बसको ब्रेक पाइप फुटेको थाहा पाएर चालकले सबै यात्रुलाई नआत्तिन भन्दै बोनटमा भएका यात्रु समेतलाई बिच भागमा सुरक्षित गरेर घुम्तिमा ब्रेक फेल भएको बसलाई सजिलो ठाउँमा पुर्याएर सडक छेउको भित्तामा ठोक्काएर ठुलो दुर्घटना बाट जोगाउन सफल भएको यात्रुको भनाई रहेको छ ।
बसमा यात्रा गर्ने अन्य यात्रु घाइते नभएको र उनीहरू आ- आफ्नो गन्तव्य तर्फ लागेको पश्चिम नेपाल बस व्यवसायी सङ्घका केन्द्रीय सदस्य तथा अर्घाखाँची रुट इन्चार्ज राम बहादुर बस्नेतले जानाकारी दिनु भएको छ ।