अर्घाखाँचीमा भित्रिए एसी डिलक्स बस ,अर्घाखाँची र बुटवलबाट दिल्ली सम्म सञ्चालनमा आउने ।
अर्घाखाँची/सन्धिखर्क
यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै यात्रा आरामदायी र सुरक्षित होस भन्ने हेतुले सुपा देवी देउराली टुर एण्ड ट्राभल्सले पश्चिम नेपाल बस व्यवसायी सङ्घ सङ्ग सहकार्य गरी ए.सी. सुविधा भएका ५ वटा डिलक्स बस भित्र्याएको छ ।
उक्त बसहरूले अर्घाखाँची र बुटवलबाट दिल्लीको नरोजनिनगर र दिल्लीबाट अर्घाखाँची र बुटवलको लागि सिधा बस सञ्चालन हुने गरी सेवा बिस्तार गरेको जनाएको छ । बसहरू दिल्लीको लागि सन्धिखर्क बसपार्क र बुटवलको बसपार्क पछाडि इट्टाभट्टी लाइनबाट छुट्ने जनाइएको छ ।
विगत ३ वर्ष देखि नन ए.सी. बस सञ्चालन हुँदै आएकोमा अब समयानुकूल हुने गरी ए.सी. बस सुविधा भित्र्याएको सुपा देवी देउराली टुर एण्ड ट्राभल्सका संयोजक दिलबहादुर खत्रीले जानकारी गराएका छन् ।
ए.सी. बसको सेवा शुभारम्भ जेष्ठ १६ गते बुटवलबाट हुने समेत खत्रीले जानकारी दिए ।