अर्घाखाँचीमा जिप दुर्घटना १४ घाईते(नामावली सहित) - Himal Post Himal Post
  • १५ माघ २०८२, बुधबार
  •      Wed Jan 28 2026
Logo

अर्घाखाँचीमा जिप दुर्घटना १४ घाईते(नामावली सहित)



विनोद गैरे/अर्घाखाँची, ६ मंसिर ।

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क देखि भुमिकास्थान नगरपालिका वडा नं। ७ सलेन्धाराका लागि आज दिउँसो ३ बजे छुटेको देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीको ग १ ज ६०५७ नम्बरको महेन्द्रा सवारी जिप भुमिकास्थान नगरपालिका वडा नं. ७ गनेरिबोटमा दुर्घटना भएको छ ।

दुर्घटना १४ जना घाईते भएका छन् । घाईतेहुनेहरुमा भुमिकास्थान नगरपालिका वडा नं. ७ घोराखोरीका जिवराज चुँदाली, कविता विक, सिता रोका, मुना रोका, भुमिकास्थान नगरपालिका वडा नं।–७ सलेन्धाराका जग बहादुर नेपाली, तुल्सा सारु, पार्वता वि।क।, इश्वरा थापा, ज्ञानकला विष्ट, भगवता घम, कमला रायमाझी, मिना सारु, सुमकला घम र भुमिकास्थान नगरपालिका वडा नं. ७ पाण्डाँडाकी वसन्ता रायमाझी रहेका छन् । ओरालो घुम्टिमा जिपको एक्कासी ब्रेक फेल भई भित्तोमा ठोकीएर जिप वाटोमै दुर्घटना भएको हो ।

दुर्घटना स्थलवाट सम्पूर्ण घाईतेहरुलाई जिल्ला अस्पताल अर्घाखाँची ल्याईदैछ । स्थानीयका अनुसार सम्पूर्ण घाईतेहरुको अवस्था सामान्य भएको स्थानीय शिक्षक कृष्ण प्रसाद आचार्यले जानाकारी दिनुभएको छ ।