अर्घाखाँचीमा तोडफोड, मतदान रोकियो
अर्घाखाँची
सन्धिखर्क नगरपालिका वाड नम्बर ५ मथुरा माविको ख केन्द्रमा ताेडफाेड भएको छ ।
मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्रमा हस्ताक्षर नगरी दिएको भन्दै मतदान केन्द्र ताेडफाेड गरेका छन् ।
अहिले मतदान राेकिएकाे छ ।
स्थानीयका अनुसार अधिकृत अधिकारीले हस्ताक्षर नै नगरी मतपत्र बाँडेका थिए । त्यो थाहा पाएपछि विवाद सुरु भएको थियो । मतदान स्थगित भएको छ ।
आक्रोसित मतदाताले मतपेटिका फुटाएर फाल्दा सुरक्षाकर्मीले तालि पेटिको एक मतदाताले जानकारी दिए । निर्वाचन अधिकृत अधिकारीले बद्मासी गरेको कुरा सुरक्षाकर्मीले थाहा पाएको बताइएको छ ।
थप विवरण आउँन बाँकी छ ।