एमाले अर्घाखाँचीको सचिवालय बैठक सम्पन्न, सी.आइ.जी. अध्यक्ष मुक्तिनाथ भुसाल एमालेमा प्रवेश । - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

एमाले अर्घाखाँचीको सचिवालय बैठक सम्पन्न, सी.आइ.जी. अध्यक्ष मुक्तिनाथ भुसाल एमालेमा प्रवेश ।



असोज-६,सन्धिखर्क ।

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको सचिवालयको बैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै मदन आश्रीत भवन सन्धिखर्कमा सम्पन्न भएको छ ।

बैठकले प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी अर्घाखाँची क्षेत्र नम्बर १ को संयोजक दलबहादुर भट्टराई र २ को संयोजक बुद्धि भुसाललाई तोकेको छ, उक्त कमिटीमा सम्बन्धित क्षेत्र भित्रका गाउँ तथा नगरपालिका सङ्गठन कमिटीका सचिवालय सदस्यहरू सदस्य रहने निर्णय गरेको छ ।

बैठकले भुमिकास्थान नगर सङ्गठन कमिटीको संयोजक पदमा पार्टी जिल्ला सचिवालय सदस्य खगेश्वर पन्थीलाई तोकेको छ, भने युवा सङ्घको इन्चार्जको जिम्मेवारी लिलबहादुर बिकलाई दिने निर्णय गरेको छ ।

त्यस्तै दसैँ तिहारको शुभकामना आदानप्रदान तथा पुनर्मिलन कार्यक्रम आयोजना गर्न वडा / गाउँ तथा नगरपालिका कमिटीहरुलाइ निर्देशन गरेको छ भने ६ वटै पालिका स्तरमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ जस अनुसार क्षत्रदेव गाउँपालिकामा २० गते, मालारानी गाउपलिकामा- २१ गते, भुमिकास्थान नगरपालिकामा-२२ गते, सन्धिखर्क नगरपालिकामा-२३ गते, पाणिनी गाउपालिकामा-२४ गते र शितगङ्गा नगरपालिकामा-२५ गते गर्ने जनाएको छ ।

उक्त बैठकमा सूचना तथा सुशासन अभियान सी.आइ.जी. का अभियान्ता तथा पत्रकार मुक्तिनाथ भुसाललाई जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले टीका तथा खादा ओढाएर पार्टीमा स्वागत गर्दै प्रवेश गराएका छन्  । कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता, नेकपा एमाले प्रदेश नम्बर ५ सङ्गठन कमिटी सदस्यहरू रामजि घिमिरे, नरेन्द्रकुमार क्षेत्री, पिताम्बर भुसाल, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य कुटमदिन अलि, पार्टी केन्द्रीय स्कुल विभाग सदस्य बुद्धिबहादुर रायमाझी लगायतको आतिथ्यता रहेको थियो कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी सचिव रामबहादुर चौहानको सञ्चालनमा सम्पन्न भएको प्रेस चौतारी जिल्ला सहसचिब कमल बिस्टले जानकारी दिए ।